दिएन साथ् दैबले ,सुत्केरी बोकेर स्वास्थ्य चौकि जादै गरेको जिपलाई बाढीले बगायो ,एकै परिवारका ६ को मृत्यु
गौर : सुत्केरी बेथा लागेकी महिलालाई स्वास्थ्य संस्था लैजाने क्रममा उनीहरू चढेको जिप बाढीले बगाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। राजपुर फरहदवा गाउँपालिका-३ स्थित दमार चोकनजिक बाढीले बमनहरको बाँध कटान गरेपछि आएको बाढीमा उनीहरू चढेको जिप परेको थियो। ज्यान गुमाउनेमा परोहा गाउँपालिका-३ का ३५ वर्षीय चन्दनकिशोर यादवसहित उनका श्रीमती २७ वर्षीया शर्मिला यादव, आमा ५४ वर्षीया सुमित्रादेवी, भाउजू ३८ वर्षीया ललितादेवी, भतिजा २५ वर्षीय सरोज र छोरी ५ वर्षीया छोटुकुमारी छन्।भिडियो हेर्नुहोस राजपुर स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन आएका यादव परिवारका सदस्यको ज्यान गएको हो। उनीहरूको घटनास्थलमै ज्यान गएको थियो। भारतीय नम्बरको जिप चढेर उनीहरू स्वास्थ्य संस्था आएका थिए। चालक र अर्का एक व्यक्तिले भने गाडीबाट हामफालेर ज्यान जोगाएका थिए।
