अस्पतालबाट घर फर्किएका जोन अझैंपनि बिस्तारामै, भन्छन्“जंगलमा सबैभन्दा धेरै आमालाई सम्झिएँ । (भिडियो)
ललितपुर । आर्दश शिक्षा निकेतन ललितपुरमा कक्षा ६ मा अध्ययनरत जोन तामांग यतिखेर हस्टिपलबाट डिस्र्चाज भई घर गएका छन् । उनी बी एण्ड बी हस्पिटलबाट ३ दिन अघि मात्र डिस्र्चाज भई घर गएका हुन् ।
जोनसंग उनकै घरमा लाईट नेपालको टीम पुगेर कुराकानी गर्दा उनले आफुले बाघको बच्चा देखेको र चराचुरुंगिहरुको आवाज सुनेको बताए । उनले त्यो सात दिनमा सबै भन्दा धेरै आमा रिमालाई सम्झिएको पनि बताए ।
माघको ११ गते साथीहरु र स्कूलका प्रिन्सिपलसंग ललितपुरको फुलचोकि डाँडामा हिंउ हेर्न गएको बेला जोन जंगलमै साथीहरुबाट छुटिएर बाटो बिराउँदै हराएका थिए । एक हप्तासम्म उनको खोजी कार्य भैरहंदा उनी सात दिनको दिन जंगलमै भेटिएका थिए ।
उनै जोन तामांगको बारेमा लाईट नेपालले निरन्तर फलोअप गरिरहेको हुनाले यो एपिसोडमा पनि उनी डिस्चार्ज भएपश्चात उनी संग गरिएको कुराकानीका केही अंशहरु प्रस्तुत गरेको छ । लाईट नेपाल डट कम

Comments
Post a Comment