जिन्स पाइन्टमा किन हुन्छ ठूलोसँगै सानो गोजी ?


जिन्स पाइटको अगाडि पट्टिको गोजी माथि एउटा सानो गोजी हुन्छ र उक्त गोजीको दुवैपट्टि बटन पनि हुन्छन । यस्ता साना पकेट सिक्का राख्नका लागि होला भन्ने ठान्छौं हामी । तर होइन । वास्तवमा १९ औं सताब्दीमा गाइ गोठाला अर्थात् काउब्वाइज र सुनखानीमा काम गर्ने कामदारको घडी पकेट वाच राख्नका लागि यस्तो सानो गोजीको डिजाइन गरिएको हो । पहिले जिन्स पाइन्ट धेरैजसो श्रमिकहरुले लगाउँथे । कामदारहरुले काम गर्दा जिन्स पाइन्टको गोजी च्यातिने समस्या धेरै हुन्थ्यो । त्यसैले पाइन्टका गोजीलाई मजबुत बनाउनका लागि गोजीको दुवै कुनामा बटन हाल्ने चलन चलेको हो । कपडाको जुत्तामा किन राखिन्छ अतिरिक्त प्वाल ? कहिलेकाही तपाईलाई पनि अचम्म लाग्दो हो आखिर किन कुनै जुत्तामा साइडमा अतिरिक्त प्वाल राखिएको हुन्छ ? ती प्वाल कुनै तुना छिराउनका लागि बनाइएको होइन । जुत्तामा हावाको भेन्टिलेसनका लागि अतिरिक्त प्वाल बनाइएको हो । जसका कारण जुत्ताभित्रको खुट्टासम्मै हावा छिर्दछ । ताप्केको बिँडमा किन प्वाल हुन्छ ? ताप्केको बिँडमा टुप्पोमा प्वाल हुन्छ । यसरी बिँडको प्वालको काम केवल ताप्के झुण्डाउनका लागि मात्र होइन । पकाउने बेला डाडु पन्यु घुसारेर राख्नका लागि पनि यसको प्रयोग हुन्छ । कि बोर्डमा एफ र जे अक्षरको की मा किन सानो लाइन हुन्छ ? टाइप गर्ने बेला दुवै हातका गरी १० वटा औंला राखिने ‘की’ हरु मध्ये एफ र जे अक्षरको की मा चोर औंला पर्दछन । त्यसैले की–बोर्ड नहेरीकन टाइप गर्दा समेत औंलाहरु सही की मा परुन् भन्नका लागि एफ र जे कीमा केही उठेको सानो लाइन राखिएको हुन्छ ।

Comments

Popular posts from this blog

दिएन साथ् दैबले ,सुत्केरी बोकेर स्वास्थ्य चौकि जादै गरेको जिपलाई बाढीले बगायो ,एकै परिवारका ६ को मृत्यु

फेसबुके मायाँमा पर्दा न पिआर नै भयो न घरबारनै

निता गुरुङको “माया बढ्यो झन” भिडियो सहित